बालविकास केन्द्रसहित विद्यालयलाई पालिकाकाे यस्ताे पत्र

हिमाल प्रेस १० साउन २०८१ १५:०६
3.6k
SHARES
बालविकास केन्द्रसहित विद्यालयलाई पालिकाकाे यस्ताे पत्र

काठमाडाैँ- मोरङकाे लेटाङ नगरपालिका (शिक्षा तथा सामाजिक विकास शाखा) ले सामुदायिक तथा संस्थागत विद्यालयकाे हाताभित्र  जङ्कफूड (पत्रुखाना) पूर्णरूपमा निषेध गर्ने निर्णय गरेकाे छ। शिक्षा शाखा अधिकृत कृष्णराज राईले सबै सामुदायिक विद्याल, सबै संस्थागत विद्याल, सबै बालविकास केन्द्रलाई पत्र बुधबार पठाएर विद्यालयमा जङ्कफूड निषेध गर्न अनुराेध गरेका हुन्।

पत्रमा भनिएकाे छ,‘लेटाङ नगर कार्यपालिकाको मिति २०८१/०४/०४ को निर्णयानुसार विद्यालयको हाता भित्र जङ्कफूड (पत्रुखाना) पूर्णरूपमा निषेध गर्ने निर्णय भएको हुनाले विद्यालय हाताभित्र र गेटनजिक समेत त्यस्ता खाना र खाजा पूर्ण रूपमा निषेध गर्ने सूचना अनिवार्य रूपमा टाँस गरी सो को अनुगमन समेतको व्यवस्था गर्नुहुन अनुरोध छ।’

साथै दिवा खाजा व्यवस्थापन सहयोगी पुस्तिका, २०७७ को दिवा खाज मेनु वा विद्यालय आफैँले तयार गर्ने खाजा मेनुमा स्थानीय कृषि उत्पादनलाई प्राथमिकता दिएर दिवा खाजाको रूपमा प्रयोग गर्न गराउन पनि शिक्षा अधिकृत राईले अनुराेध गरेका छन्।

निषेधित क्षेत्रमा पत्रुखाना बेचबिखन भए गरेको पाइएमा तत्काल रोक लगाई विद्यालयलाई नगरपालिकाबाट प्रदान हुने सेवा रोक्का हुने समेत जानकारी गराइएकाे छ।

प्रकाशित: १० साउन २०८१ १५:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =