कांग्रेसले धरानमा थाल्यो ‘ग्रिन एण्ड क्लिन’ अभियान

हिमाल प्रेस १० साउन २०८१ १०:३४
16
SHARES
कांग्रेसले धरानमा थाल्यो ‘ग्रिन एण्ड क्लिन’ अभियान

सुनसरी- धरानमा नेपाली कांग्रेसले ‘ग्रिन एण्ड क्लिन’ अभियान सुरु गरेको छ । कांग्रेसले ४२औँ बीपी स्मृति दिवसका अवसर पारेर ‘ग्रिन एण्ड क्लिन’ अभियान सुरु गरेको हो। धरान उपमहानगरपालिका–१९ बाट सुरु भएको अभियानका क्रममा नगरवासीलाई सरिफा, बेल, कागती, अम्बा, अमला, तेजपत्तालगायत विभिन्न फलफूलका बिरुवा वितरण गरिएको छ।

अभियानका क्रममा कांग्रेसले सडक सरसफाइ र डेंगुका लार्भा नष्ट तथा डेंगु सम्बन्धी सचेतना पर्चा वितरण साथै डेंगु बिरामीलाई औषधि वितरण पनि गरेको छ।

कांग्रेसका सुनसरी सचिव माधव घिसिङले अभियानको उद्घाटन गर्दै त्यसबाट नगरको सौन्दर्य बढाउन तथा हरियाली कायम गर्न सहयोग पुग्ने बताए। गत वर्ष पनि अभियान सञ्चालन भएको थियो। अभियान धरान उपमहानगरपालिका–१, ५, ६, ८, १०, ११, १४, १५, १६, १७, १८ र १९ नं वडामा भदौ १ गतेसम्म अभियान सञ्चालन हुनेछ।

नेपाली कांग्रेस सुनसरीको १ नं प्रतिनिधिसभा क्षेत्र कार्यसमितिको आयोजना तथा धरान नगर समिति, प्रदेशसभा १ (१) र १ (२) समितिको संयोजन र नेपाल महिला संघ, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलको सहकार्य एवं सम्बन्धित वडा कार्यसमितिको स्थानीय व्यवस्थापनमा ‘ग्रिन एण्ड क्लिन धरान’ अभियान आयोनना गरिएको हो।

प्रकाशित: १० साउन २०८१ १०:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =