गणेशबाबुकाे ‘रेजा’ उपन्यास छिट्टै सार्वजनिक हुने

हिमाल प्रेस १० साउन २०८१ ९:५७
88
SHARES
गणेशबाबुकाे ‘रेजा’ उपन्यास छिट्टै सार्वजनिक हुने

काठमाडाैँ- युवा साहित्यकार गणेशबाबु अधिकारीकाे ‘रेजा’ उपन्यास छिट्टै सार्वजनिक हुने भएकाे छ।

गीत र गजल लेखनबाट साहित्यमा उदाएका अधिकारीकाे ‘मनका आँकुरा’ (गजल), हराएको जून (बालकथा सङ्ग्रह) प्रकाशित छन्। उनकाे ‘स्मृति’ गीति एल्बम पनि बजारमा उपलब्ध छ।

आख्यान लेखनमा रुचि राख्ने अधिकारीले स्वदेश र विदेश यात्राका क्रममा देखेका र भोगेका घटनालाई ‘रेजा’ मा समेट्ने प्रयास गरेका छन्।

रेजा प्रेम कथामा आधारित उपन्यास हाे। प्रेममाको परिभाषा हरेक व्यक्तिले फरक-फरक तरिकाले गर्न सक्छन्। प्रेमले सुख र खुसी मात्रै दिन्छ या पीडाबोध पनि गराउँ छ? जस्ता प्रश्नको उत्तर ‘रेजा’ मा भएको उनको भनाइ छ।

उक्त उपन्यास पेज टर्नर प्रा.लि.ले बजारमा ल्याउन लागेकाे हाे।

प्रकाशित: १० साउन २०८१ ९:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =