कहाँ कहाँ हुँदैछ अहिले भारी वर्षा?

हिमाल प्रेस १० साउन २०८१ ८:३३
16
SHARES
कहाँ कहाँ हुँदैछ अहिले भारी वर्षा? फाइल तस्बिर। हिमाल प्रेस

काठमाडौँ- सिन्धुपाल्चोक र काठमाडौँमा भारी वर्षा भएको छ। काठमाडौं केही र सिन्धुपाल्चोकका विभिन्न स्थानमा गएराति भारी वर्षा भएको हो। सिन्धुपाल्चोकको भोताङ, मानेखर्क, ढुंगे र आसपास भारी वर्षा भएको हो। थप वर्षा हुने सम्भावना रहेकाले मेलम्ची, इन्द्रावती र यसका सहायक नदीहरूमा आकस्मिक बहावको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिमको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

काठमाडौंको बूढानीलकण्ठ, ककनी, सुन्दरीजल र आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको छ । बागमती, धोवी खोला, विष्णुमती नदीमा जलसतह खतराको तह पार गरेको छ। त्यसैले नदीको तटीय क्षेत्रहरू तथा डुबान भइरहने होचा स्थानमा रहनेहरूले उच्च सतर्कता अपनाउनुपर्ने विभागले बताएको छ।

प्रकाशित: १० साउन २०८१ ८:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =