सत्ताको नेतृत्वकर्ता दल एमालेले नै भन्यो : विमान दुर्घटनाको छानबिन गरेर दोषीमाथि कारबाही हुनुपर्छ

हिमाल प्रेस १० साउन २०८१ ७:५७
8
SHARES
सत्ताको नेतृत्वकर्ता दल एमालेले नै भन्यो : विमान दुर्घटनाको छानबिन गरेर दोषीमाथि कारबाही हुनुपर्छ

काठमाडौँ- नेकपा एमालेले बुधबार त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ। नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले घटना प्रति दुःख व्यक्त गर्दै दुर्घटनाको छानबिनको माग गरेका छन्।

उनले सो अकल्पनीय एवम् भयावह दुर्घटनामा परि ज्यान गुमाएका प्रति पार्टीको तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन्। उनले दुर्घटनाको निष्पक्ष छानबिन गर्न, दोषीउपर कारबाही, घाइतेको उपचार, मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो भने चालक मनिषरत्न शाक्य घाइते छन्। घाइते चालकको केएमसी अस्पतालमा उपचार भइरहेको छ। सरकारले सो घटनाको छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन भएको छ।

प्रकाशित: १० साउन २०८१ ७:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 15 =