किन बस्दैछ रास्वपाको केन्द्रीय समिति बैठक?

हिमाल प्रेस १० साउन २०८१ ७:२२
6
SHARES
किन बस्दैछ रास्वपाको केन्द्रीय समिति बैठक? रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक। फाइल तस्बिर

काठमाडौँ-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्दैछ। आज बिहान ११ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

रास्वपाले उपसभामुख इन्दिरा राना मगरका विषयमा पनि छलफल गर्ने एक नेताको भनाइ छ।  रानामगरले ५ नेपालीलाई भिसाका लागि अन्तर्वार्ताको डेट मिलाइदिन आग्रह गर्दै अमेरिकी दूतावासमा पत्र पठाएकी थिइन्। रास्वपाबाटै उपसभामुख चुनिएका उनको पार्टीले बचाउ गर्दै आएको छ। सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुखमाथि राजीनामाको माग गरेका छन्।

प्रकाशित: १० साउन २०८१ ७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + fifteen =