यी हुन् महिला एसिया कपको सेमिफाइनल भिड्ने टोली

हिमाल प्रेस १० साउन २०८१ ७:१५
14
SHARES
यी हुन् महिला एसिया कपको सेमिफाइनल भिड्ने टोली

काठमाडौँ- एसीसी महिला टी-२० एसिया कपको सेमिफाइनल समीकरण पूरा भएको छ। श्रीलंकाले थाइल्यान्डविरुद्ध १० विकेटको शानदार जित निकाल्यो।

शतप्रतिशत जितसँगै तीन खेलबाट ६ अंक जोड्दै श्रीलंका समूह ‘बी’ को शीर्ष स्थानमा रहेर सेमिफाइनल प्रवेश गरेको छ। पराजित थाइल्यान्ड समान खेलबाट दुई अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो।

यो समूहबाट बंगलादेश उपविजेताका रूपमा अगाडि सेमिफाइनलमा पुगेको छ। यससँगै सेमिफाइनल समीकरण पूरा भएको छ। सेमिफाइनलमा भारतले बंगलादेश तथा श्रीलंकाले पाकिस्तानको सामना गर्नेछन्।

सेमिफाइनलका दुवै खेल भोलि हुनेछन्।

प्रकाशित: १० साउन २०८१ ७:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 13 =