पपुवा न्युगिनी झडपमा २६ जनाको हत्या

हिमाल प्रेस ९ साउन २०८१ १८:१०
12
SHARES
पपुवा न्युगिनी झडपमा २६ जनाको हत्या

सिड्नी (रासस/सिन्ह्वा)- पपुवा न्यू गिनीको पूर्वी सेपिक प्रान्तमा भएको झडपमा महिला र बालबालिकासहित कम्तीमा २६ जनाको सामूहिक हत्या भएको स्थानीय सञ्चारमाध्यमले बुधबार जनाएका छन्।

समाचार संस्था, नेसनलका अनुसार प्रान्तको अंगोरम क्षेत्रको सेपिक नदी किनारमा रहेका तामारा, ताम्बरी र अग्रुमारा गाउँहरूमा झडप भएको हो। त्यहाँ हत्या, बलात्कार र धनजनको क्षति भएको बताइएको छ। ३० जनाभन्दा बढी स्थानीय युवाहरूलाई उक्त घटनाको दोषी ठहराइएको नेसनलले जनाएको छ ।

सो झडप भूमि विवादसँग सम्बन्धित रहेको अंगोरमका सांसद सालियो वाइपोले जानकारी दिएका छन्। वाइपोले ३३ जना संदिग्ध आक्रमणकरीहरूको पहिचान गरिएको र अनुसन्धानका लागि प्रहरी टोली तैनाथ गरिएको बताए।

पपुवा न्युगिनीको उत्तरपूर्वी तटमा अवस्थित ४३ हजार वर्ग किलोमिटरमा फैलिएको पूर्वी सेपिक प्रान्तको अनुमानित जनसङ्ख्या चार लाख ३३ हजार ४८१ रहेको छ।

प्रकाशित: ९ साउन २०८१ १८:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + five =