प्राधिकरणले भन्यो : गलत दिशामा मोडिँदा विमान दुर्घटना

हिमाल प्रेस ९ साउन २०८१ १५:०६
202
SHARES
प्राधिकरणले भन्यो : गलत दिशामा मोडिँदा विमान दुर्घटना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान सौर्य एयरको विमान दुर्घटना भएको स्थलमा उद्धारका लागि खटिएका सुरक्षाकर्मी र विमानस्थलका कर्मचारी । तस्बिर : रासस

काठमाडौँ– सौर्य एयरलाइन्सको विमान गलत दिशातर्फ मोडिँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बिहान पोखराका लागि उडेको सौर्य एयरलाइन्सको सीआरजेसेभेन जहाज गलत दिशातर्फ मोडिँदा दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको हो।

दुर्घटनामा १८ जनाको ज्यान गएको छ भने एकजना घाइते भएका छन्। विमान उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटना भएको प्राधिकरणको विज्ञप्तिमा उल्लेख छ। विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले देब्रे दिशामा मोडिनुपर्नेमा दायाँतर्फ मोडिँदा जहाज दुर्घटना भएको बताए। उनले भने, दुर्घटनाबारे थप विवरण अनुसन्धान पूरा भइसकेपछि खुल्नेछ’, निरौलाले भने।

विमानस्थलबाट बिहान ११:११ बजे पोखराका लागि उडान भरेको एक मिनेटभित्र विमान दुर्घटना भएको थियो। दुर्घटनामा पाइलट मनीष शाक्यलाई जीवित उद्धार गरिएको छ। उनको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) मा उपचार भइरहेको छ। जहाजमा सबै जना सौर्य एयरलाइन्सका कर्मचारी रहेको बताइएको छ। जहाजमा १८ जना नेपाली र एक जना यमन नागरिक थिए।

जहाज दुर्घटनामा परी १५ जनाको घटनास्थलमा र तीनजनाको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।

प्रकाशित: ९ साउन २०८१ १५:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eight =