सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १५ जनाको मृत्यु

हिमाल प्रेस ९ साउन २०८१ १२:४४
122
SHARES
सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १५ जनाको मृत्यु विमान दुर्घटनास्थलमा खटिएका उद्धारकर्मी। तस्बिर स्रोत : नेपाली सेना

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ। मर्मतका लागि पोखरा जान लागेको उक्त विमानमा रहेका १५ जनाको निधन भएको विमानस्थल प्रहरीले जनाएको छ।

निधन भएका सबै सौर्य एयरलाइन्सका कर्मचारीहरू छन्। दुर्घटनामा परेका ४ जनाको उद्धार गरिएको छ। विमानमा १९ जना चढेका थिए। विमान उडिसकेपछि आगो लागेर दुर्घटनाग्रस्त भएको प्रत्यक्षदर्शीले बताएका छन्।

उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलसहित दमकल परिचालन गरिएको थियो। उद्धार गरिएकामध्ये तीनजनाको त्रिवि शिक्षण अस्पतालमा र एकजनाको काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ। मेडिकल कलेजमा क्याप्टेनको उपचार भइरहेको हो। मृतककहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। सबै शव त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको प्रहरीले जनाएको छ।

प्रकाशित: ९ साउन २०८१ १२:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =