लुम्बिनीका मुख्यमन्त्री आचार्यले लिए शपथ

हिमाल प्रेस ९ साउन २०८१ ९:२२
10
SHARES
लुम्बिनीका मुख्यमन्त्री आचार्यले लिए शपथ

काठमाडौँ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री आचार्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए। ​ शपथलगत्तै मुख्यमन्त्री आचार्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, देउखुरी पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ।

नेपाली कांग्रेस र नेकपा एमालेका ५६ सांसदको समर्थनमा एमाले संसदीय दलका उपनेता आचार्यलाई सोमबार मुख्यमन्त्री नियुक्त भएका थिए। प्रदेश प्रमुख अमिक शेरचनले अर्घाखाँची क्षेत्र नम्बर १ (१) बाट निर्वाचित आचार्यलाई संविधानको धारा १६८ को उपधार २ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्।

८७ सदस्य प्रदेशसभामा सरकार गठनको लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ। लुम्बिनी प्रदेशसभामा एमालेका २९ र कांग्रेसका २७ सांसद छन्।

 

प्रकाशित: ९ साउन २०८१ ९:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =