यौन दुर्व्यवहारको उजुरी परेका प्रस्तावित आयुक्तको संसदीय सुनुवाइ आज

हिमाल प्रेस ९ साउन २०८१ ७:४४
16
SHARES
यौन दुर्व्यवहारको उजुरी परेका प्रस्तावित आयुक्तको संसदीय सुनुवाइ आज

काठमाडौँ- यौन दुर्व्यवहारको उजुरी परेका प्रस्तावित कृष्णमान प्रधानको संसदीय सुनुवाइ आज हुँदैछ। संसदीय सुनुवाइ समितिका अनुसार प्रधानको सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ।

गत असार २ गते बसेको संवैधानिक परिषद् बैठकले प्रधानलाई निर्वाचन आयुक्त नियुक्त गर्न सिफारिस गरेको थियो। यसअघि असार २१ गते हुने भनिएको सुनुवाइ रोकिएको थियो।

प्रकाशित: ९ साउन २०८१ ७:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 12 =