पूर्वाधार विकास कार्यालयकै पुँजीगत खर्च ७३ प्रतिशत मात्रै

हिमाल प्रेस ९ साउन २०८१ ७:२७
8
SHARES
पूर्वाधार विकास कार्यालयकै पुँजीगत खर्च ७३ प्रतिशत मात्रै फाइल तस्बिर

झापा- जिल्ला पूर्वाधार विकास कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा दुई अर्ब १२ करोड ४६ लाख ५० हजार खर्च भएको छ। यो खर्च पुँजीगततर्फ विनियोजित रकमको ७३ दशमलव ३९ प्रतिशत हो। उक्त कार्यालयका सूचना अधिकारी उत्तम नारायण खरेलका अनुुसार प्रदेश स्रोत, संघ सशर्त र समपूरक गरी जम्मा दुई अर्ब १२ करोड ४६ लाख ५० हजार पुँजीगततर्फ विनियोजन भएको थियो।

‘चालुतर्फ विनियोजित दुई करोड ३० लाखमध्ये एक करोड ७६ लाख ४६ हजार अर्थात् ७७ प्रतिशत रकम खर्च हुँदा समग्रमा ७३ दशमलव ४३ प्रतिशत खर्च भएको छ’, उनले भने। झापा र इलाम दुई जिल्ला कार्यक्षेत्र रहेको पूर्वाधार विकास कार्यालयले गत आवमा झापामा चार र इलाममा दुई गरी छवटा मोटरेबल पुल निर्माण सम्पन्न गरेको थियो।

यसैगरी, गत आवमा २६ दशमलव ७३ किमी सडक कालोपत्र, २७ दशमलव ५८ किमी सडक ग्राभेल, १७ दशमलव पाँच किमी सडक मर्मत, तीन किमी कच्ची सडक, एक दशमलव ३७ किमी पीसीसी र दुई दशमलव २० किमी सडक सोलिङ गर्ने काम सम्पन्न भएको छ।

झापा जिल्लामा दुईवटा बहुवर्षीय सडकको २० दशमलव ४७ किमी निर्माण सम्पन्न भएको छ।

प्रकाशित: ९ साउन २०८१ ७:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =