‘रोड टु टोटनहम कार्यक्रम’ का लागि नेपालको दोस्रो टोली बेङ्लोर प्रस्थान

हिमाल प्रेस ८ साउन २०८१ १७:५०
18
SHARES
‘रोड टु टोटनहम कार्यक्रम’ का लागि नेपालको दोस्रो टोली बेङ्लोर प्रस्थान

काठमाडौँ- ‘रोड टु टोटनहम कार्यक्रम’का लागि छानिएको स्रो नेपाली टोली मंगलबार बेङ्लोर प्रस्थान गरेको छ। भगवती क्लबका पूर्व अध्यक्ष प्रकाश श्रेष्ठ तथा ब्यवस्थापक राजुविक्रम थापाको नेतृत्वमा रहेकाे ४६ सदस्यीय टोली किक स्टार्ट फुटबल क्लब (एफसी) काे छनोट परिक्षणमा सहभागी हुनेछ।

परीक्षणमा उत्कृष्ट हुनेले किक स्टार्ट एफसीमा प्रशिक्षणकाे अवसर पाउने कार्यक्रम संयोजक मनिष जोशीले जानकारी गराए। बेङ्लोर गएको टोलीले त्यहाँ तीन दिन सम्म शारिरीक, खेल कौशलताका साथै अन्य प्रशिक्षण र किक स्टार्टले आयोजना गरेको प्रतियोगितामा सहभागिता जनाउने छ। प्रशिक्षणबाट उत्कृष्ट हुने खेलाडीहरूले टोटनहमको टिकट काट्ने संयोजक जोशीले बताए।

यसअघि छनोट चरणमा सहभागी ३६ मध्ये पाँच खेलाडीले पूर्ण छात्रवृत्ती पाउँदा अन्यले ९० देखि १० प्रतिशतसम्मको छात्रवृत्ती प्राप्त गरेका छन्।

टोखास्थित भगवती क्लबको आयोजनामा भएको ‘रोड टु टोटनह्यम’ कार्यक्रममा देशभरिका करिब ३ हजार खेलाडीले सहभागिता जनाएका थिए। किक स्टार्ट एफसीबाट नेपाल आएका चार सदस्यीय प्रशिक्षकको टोलीले दुई दिन सम्म संचालन भएको छनोट कार्यक्रमबाट छानिएका खेलाडीलाई स्रो चरणका लागि बेङ्लोरमा छनोट गर्न लागिएको हो।

प्रकाशित: ८ साउन २०८१ १७:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =