‘पूर्वमन्त्रीले पाँच हजार घूस दिएको विषयमा किन कोही बोल्दैनन्?’

हिमाल प्रेस ८ साउन २०८१ १४:०१
54
SHARES
‘पूर्वमन्त्रीले पाँच हजार घूस दिएको विषयमा किन कोही बोल्दैनन्?’

काठमाडौँ- पूर्वमन्त्री तथा जसपा सांसद वीरेन्द्र महतोले पाँच हजार घूस आफूले दिएँ भनेको विषयमा संसद् किन मौन भन्दै सांसदहरूले प्रश्न उठका छन्।

सत्तारूढ दलकै सांसदले तीन दिनभित्र सदनलाई जानकारी दिन सरकारसँग माग गरेका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सत्तारूढ दल नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले रोस्ट्रमबाट पूर्वमन्त्री तथा सांसदले उठाएको पाँच हजार घूस दिएँ भन्दै उठाएको विषयमा किन रुलिङ नभएको भन्दै प्रश्न गरे।

उनले पाँच हजार घूस दिएको विषय नजरअन्दाज गर्न मिल्छ भन्दै प्रश्न गरे। ‘मलाई रुलिङ हुन्छ भन्ने आस थियो तर प्रधानमन्त्रीले हिजो बोल्दा पनि कुरा आएन। यो पाँच हजार घूस खायो भन्दै गर्दा नजरअन्दाज गर्न मिल्छ ? राम्रो कुरा भएन ?,’ उनले भने।

केसीले एउटा पूर्वमन्त्री तथा सांसदले पनि घूस दिनुपर्ने अवस्था भए आमनागरिकको अवस्था के होला भन्ने चर्चा रहेको भन्दै यत्रो काण्ड आउँदा सदन चुप लागेर बस्न नहुने बताए।

प्रकाशित: ८ साउन २०८१ १४:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + nine =