राष्ट्रपति पदका लागि पार्टीबाट पर्याप्त समर्थन छ : उपराष्ट्रपति ह्यारिस

हिमाल प्रेस ८ साउन २०८१ १३:०२
4
SHARES
राष्ट्रपति पदका लागि पार्टीबाट पर्याप्त समर्थन छ : उपराष्ट्रपति ह्यारिस

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आसन्न राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीबाट उम्मेदवार बन्न पर्याप्त समर्थन रहेको बताएकी छन्। ‘आफ्नो पार्टीबाट उम्मेदवार बन्न आवश्यक समर्थन पाउँदा गौरवान्वित महसुस गरेको छु । म चाँडै औपचारिक रूपमा मनोनयन स्वीकार गर्नेछु’, ह्यारिसले एक विज्ञप्तीमार्फत बताइन्।

डेमोक्र्याटिक पार्टीको बढ्दो दबाबका कारण अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार सन् २०२४ राष्ट्रपतिय चुनावी दौडबाट बाहिरिएको घोषणा गरेका थिए। उनले पनि डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति उम्मेदवारका रूपमा ह्यारिसलाई आफ्नो पूर्ण समर्थन रहेको बताएका छन्।

ह्यारिसले पूर्वसभामुख न्यान्सी पेलोसीसहित धेरै प्रमुख डेमोक्र्याटिक व्यक्तित्वको समर्थन प्राप्त गरेको जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 5 =