पहिलो खेलमै ७ विकेट लिएर स्कटल्यान्डका चार्लीले रचे इतिहास

हिमाल प्रेस ७ साउन २०८१ २१:१३
पहिलो खेलमै ७ विकेट लिएर स्कटल्यान्डका चार्लीले रचे इतिहास

काठमाडौं- स्कटल्यान्डका तीब्र गतिका बलर चार्ली कैसलले ७ विकेट लिएर इतिहास रचेका छन्।

एकदिवसीय क्रिकेटको आफ्नो पहिलो खेलमै ७ विकेट लिएर उनले कीर्तिमान बनाएका हुन्।

आइसीसी विश्वकप लिग–२ अन्तर्गतको म्याचमा चार्लीले ओमानविरूद्ध ७ विकेट लिएका हुन्।

उनले ५.४ ओभरमा २१ रन खर्चेर ७ विकेट लिएका हुन्।

यसअघि यो कीर्तिमान दक्षिण अफ्रिकाका कागिसो रवाडाको नाममा रहेको थियो।

रवाडाले सन् २०१५ मा बंगलादेशविरूद्ध आफ्नो पहिलो खेलमा १६ रन खर्चेर ६ विकेट लिएका थिए।

स्कटल्यान्डका तीब्र गतिका बलर क्रिस सोल व्यक्तिगत कारणले टिममा सहभागी हुन नसकेपछि उनको स्थानमा ओमानविरूद्धको खेलमा चार्लीलाई मौका दिइएको थियो।

 

 

प्रकाशित: ७ साउन २०८१ २१:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 12 =