शिक्षा समितिमा सांसद परियारले भने : विद्यालय कर्मचारी किन निजामती कर्मचारी हुन सक्दैन,कारण चाहियाे

हिमाल प्रेस ७ साउन २०८१ १६:३७
2.2k
SHARES
शिक्षा समितिमा सांसद परियारले भने : विद्यालय कर्मचारी किन निजामती कर्मचारी हुन सक्दैन,कारण चाहियाे

काठमाडौँ- नेपाली कांग्रेसका सहमहामन्त्री तथा सांसद जीवन परियारले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी किन निजामती कर्मचारी हुन सक्दैन भन्दै प्रश्न गरेका छन्।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बुधबारको बैठकमा सांसद परियारले विद्यालय कर्मचारी के कारणले निजामती हुन सक्दैन त्यसको कारण माग गरे।

बैठकमा उपस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवतिर फर्केर परियाले भने,‘सामुदायिक विद्यालयमा जसले कार्यालय सहयोगीको काम गर्छ, जसले लेखापालको काम गर्छ, जसले गाडी चलाउँछ त्यो कर्मचारी होइन? शिक्षा मन्त्रालयका कर्मचारीचाहिँ निजामती कर्मचारी, विद्यालयका कर्मचारी निजामती कर्मचारी हुन सक्दैन? के कारणले हुन सक्दैन त्यसको प्रमाण चाहिन्छ।’

उनले बैठकमा शिक्षकको तलब आकर्षतिक हुनुपर्ने पनि बताए। शिक्षकलाई पालिकाले थर्काउने गरेको बताउँदै सांसद परियारले चेक एण्ड ब्यालेन्स गर्न आवश्यक रहेको बताए। ‘पालिकाले शिक्षकलाई थर्काउँछ। शिक्षकलाई राहत दरबन्दी दिन थर्काउँछ। उसले आफ्नो अनुकूल काम गर्न पाएको छ। त्यसकारण यसबारेमा पनि चेक एण्ड ब्यालेन्स गर्न पर्छ कि पर्दैन?’, उनले भने।

शिक्षा ऐनको ड्राफ बनाउने मन्त्रालयका सचिवले नै सो विषयमा ध्यान दिनुपर्ने उनको भनाइ थियो। ‘मान्य सचिवज्यूहरूले ध्यान दिनुपर्‍याे। जुनसुकै मन्त्रीको नाम लिए पनि शिक्षा मन्त्रालयका सचिवहरू, कानुन मन्त्रालयका सचिवहरूले नै बनाएको ड्राफ हो यो।,’ सांसद परियारले भने।

प्रकाशित: ७ साउन २०८१ १६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + three =