पूर्वमन्त्री हत्या प्रकरण : पक्राउ परेका व्यक्ति घरकै कामदार

हिमाल प्रेस ७ साउन २०८१ १२:५०
194
SHARES
पूर्वमन्त्री हत्या प्रकरण : पक्राउ परेका व्यक्ति घरकै कामदार

काठमाडौँ- पूर्वराज्यमन्त्री रामचन्द्र राय(८०) को हत्या आरोपमा उनकै घरमा काम गर्न बसेका युवक पक्राउ परेका छन्। सर्लाही चन्द्रनगर गाउँपालिका-१ स्थित रतनपुरमा गएराति रायको हत्या भएको थियो। हत्या भएको सूचना प्रहरीलाई पक्राउ परेका युवकले नै दिएका थिए। प्रहरीले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका २१ वर्षीय युवक कविलासी नगरपालिका-३का हुन्। ती युवकले प्रहरीसमक्ष आइतबार साँझ सुत्नुअघि राय र अन्य तीनजना व्यक्तिहरू जग्गा जमिन किनबेचबारे कुरा गरिरहेको प्रारम्भिक बयान दिएका छन्।

उनले घरमा चारजनाबीच कुराकानी भइरहँदा आफू भने सुत्न गएको बयान पनि प्रहरीलाई दिएका छन्। साथै आफू राति १ बजे शौचालय जान लाग्दा रायको शव देखेको देखेको र प्रहरीलाई खबर गरेको पनि बताएका छन्। उनले घटना कसरी भयो, कसरी भयो केही आफूलाई थाहा नभएको बयान दिएका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले रायको टाउकोको बायाँभागमा धारिलो हतियार प्रहार गरी हत्या भएको छ। घटनाबारे सूचना पाएलगत्तै पुगेको प्रहरीले पुगेर खानतलासी गर्दा घरनजिकैको बाँस झ्याङमा हतियार फेला परेको थियो।

प्रहरीले ती युवकले बयानमा तीनजना व्यक्ति घरमा भएको बताएपछि प्रहरीले उनीहरूको पनि खोजी सुरु गरेको जनाएको छ।

पूर्वराज्यमन्त्री राय हत्या प्रकरण : सोधपुछका लागि एकजना पक्राउ

प्रकाशित: ७ साउन २०८१ १२:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =