नेपालले पाकिस्तानलाई दियो १०९ रनको लक्ष्य

हिमाल प्रेस ६ साउन २०८१ २०:४६
38
SHARES
नेपालले पाकिस्तानलाई दियो १०९ रनको लक्ष्य

काठमाडौँ- श्रीलंकामा जारी एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई १०९ रनको लक्ष्य दिएको छ। श्रीलंकाको डम्बुला मैदानमा भएको खेलमा नेपालले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १०८ रन बनाएको हो।

नेपालका लागि कविता जोशीले ३१,  सीता रानामगरले २६, पूजा महतोले २५ र कविता कुँवरले १३ रन बनाएका थिए। पाकिस्तानका लागि सादिया इक्बालले २ र फातिमा सानाले १ विकेट लिएका थिए।

पाकिस्तानले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो।

नेपालले प्रतियोगिताको उद्घाटन खेलमा चिरपरिचत प्रतिस्पर्धी संयुक्त अरब इमिरेट्स (यूएई)लाई ६ विकेटले हराउँदै एसिया कपमा पहिलो ऐतिहासिक जित निकालेको थियो।

प्रतियोगितामा आठ टोली सहभागी छन्। दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै यूएई छ।

त्यस्तै समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन् ।

प्रकाशित: ६ साउन २०८१ २०:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − one =