रास्वपाको चेतावनी : नेपालीलाई भुटानी शरणार्थी बनाउनेले उपभामुखलाई हेप्न नखोज्नू

हिमाल प्रेस ६ साउन २०८१ १३:४४
70
SHARES
रास्वपाको चेतावनी : नेपालीलाई भुटानी शरणार्थी बनाउनेले उपभामुखलाई हेप्न नखोज्नू सुमना श्रेष्ठ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा रानालाई मानव तस्कर जस्तो अपराधमा बिना आधार जोडेर चरित्र हत्या गरिएको भन्दै आपत्ति जनाएकी छन्।

आज आइतबार प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले उपसभामुख रानामाथि मानव तस्करकको आरोप लगाउँदै छानबिन गर्न माग गरेलगत्तै सुमनाले उपसभामुखलाई नहेप्न चेतावनी दिएकी हुन्।

‘यदी हामीले आचरणको कुरा गर्ने हो भने सबैको गरौँ। मानव तस्करीजस्तो आरोप यस्तो मज्जासँग डिक्लियर गर्नुभयो, डिक्लियर गर्नुस् न त भुटानी शरणार्थी कसले गरेको हो भनेर? आँट छ?,’ उनले भने,’एउटा महिला जसले असजिलो समय कटाएर यहाँ आउनुभएको छ। आफ्नो सारा सम्पत्ति बाल आश्रमलाई दिएको छ। उहाँलाई हेप्न नखोज्नुहोला।’

उपसभामुख राना केही व्यक्तिलाई अमेरिका पठाउन सहजीकरणका लागि भन्दै अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन्। त्यससँगै उनी विवादित भएकी छन्।

प्रकाशित: ६ साउन २०८१ १३:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =