प्रधानमन्त्रीका विपक्षमा मतदान गर्न एकीकृत समाजवादीको ‘ह्विप’

हिमाल प्रेस ६ साउन २०८१ १०:४०
14
SHARES
प्रधानमन्त्रीका विपक्षमा मतदान गर्न एकीकृत समाजवादीको ‘ह्विप’ माधवकुमार नेपाल

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले प्रतिनिधि सभामा आज (साउन ६ गते) प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावका विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।

प्रधानमन्त्री ओलीका विपक्षमा मतदान गर्न आफ्नो दलका सांसदलाई पार्टीले ह्विप जारी गरेको नेता मेटमणि चौधरीले जानकारी दिए।

उनले भने, ‘सरकारमा सहभागी दलको साझा नीति तथा कार्यक्रमका आधारमा पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने छ। पार्टीले प्रतिपक्षमा रहेर सरकारलाई गुण र दोषका आधारमा सहयोग गर्नेछ।’

आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने संसद् सचिवालयले जनाएको छ।

एमाले संसदीय दलका नेता ओली गएको असार ३० गते कांग्रेससहितका दलको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

असार २८ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले संसद्‍मा पेश गरेको विश्वासको मत बहुमत सांसदले अस्वीकृत गरेका थिए। प्रचण्डले माओवादी केन्द्र, एकीकृत समाजवादी र रास्वपाको मात्रै ६३ मत पाएका थिए। उनको विपक्षमा १९४ मत परेको थियो।

प्रधानमन्त्रीले आज संसदबाट झण्डै दुई तिहाइ मत पाउने सम्भावना रहेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले दाबी गरे। उनलाई कांग्रेस, एमाले, जसपा, लोसपा, जसपा नेपाल, नागरिक उन्मुक्तिसहितका दलले मत दिने तयारी गरेका छन्।

आज ओलीले कांग्रेसका ८८, नेकपा एमालेको ७८, अशोक राई नेतृत्वको जसपाका ७, जनमतका पार्टी ६, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको ५, लोसपाको ४, नागरिक उन्मुक्ति पार्टीको ४, स्वतन्त्र २ गरी १९४ मत पाउने सम्भावना छ।

प्रकाशित: ६ साउन २०८१ १०:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eight =