प्रधानसेनापति शर्माद्वारा फ्युल स्टेसन र परिवार आवास गृह उद्‍घाटन

हिमाल प्रेस ५ साउन २०८१ १९:५२
20
SHARES
प्रधानसेनापति शर्माद्वारा फ्युल स्टेसन र परिवार आवास गृह उद्‍घाटन

काठमाडाैँ- प्रधानसेनापति प्रभुराम शर्माले आज काठमाडाैँमा फ्युल स्टेसन र परिवार आवास गृह उद्‍घाटन गरेका छन्। काठमाडौँको छाउनीमा २० परिवार क्षमताको अधिकृत परिवार आवास गृहको निर्माण गरिएकाे छ।

नेपाली सेना, कल्याणकारी कोषको व्यवस्थापनमा काठमाडौँको भद्रकाली, ललितपुरको लगनखेल, सुनसरीको इटहरी, रुपन्देहीको बुटवल र तनहुँको खैरेनीटारमा फ्युल स्टेसनहरू सञ्चालनमा छन्। पचास हजार लिटर पेट्रोल तथा पचास हजार लिटर डिजेल भण्डारण क्षमता रहेको फ्युल स्टेसन सर्वसाधारणले समेत उपभोग गर्न पाउने छन्।

‍सरकारको स्वीकृतिमा राष्ट्रिय सुरक्षालाई आवश्यक पर्ने पेट्रोलियम पदार्थको रणनीतिक मौज्दात कायम राख्नका साथै आन्तरिक मागको आपूर्तिलाई सहजीकरण गर्ने उद्देश्य सहित उक्त फ्युल स्टेसनहरू सञ्चालनमा रहेका छन्।

उद्घाटन  समारोहमा नेपाली सेनाका रथीवृन्द तथा अधिकृत, स्थानीय निकायका पदाधिकारीहरू, सडक विभाग तथा नेपाल आयल निगमका प्रतिनिधिहरूको उपस्थिति थियो।

प्रकाशित: ५ साउन २०८१ १९:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 16 =