 श्याम घिमिरे .
                             श्याम घिमिरे . 
                                            काठमाडौँ- नेपाली कांग्रेसको प्रमुख सचेतकमा श्याम घिमिरे मनोनीत भएका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा १३ को उपधारा १ बमोजिम उनलाई प्रमुख सचेतक मनोनीत गरेका हुन्।
यसअघिका प्रमुख सचेतक रमेश लेखक गृहमन्त्री भएपछि कांग्रेसको प्रमुख सचेतक पद रिक्त थियो।
घिमिरे सिन्धुली-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।

                            प्रकाशित: ५ साउन  २०८१ १७:५१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
 