आर्थिक अभाव झेल्दै आयुर्वेद औषधालय

हिमाल प्रेस ५ साउन २०८१ १५:४०
16
SHARES
आर्थिक अभाव झेल्दै आयुर्वेद औषधालय

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-१० स्थित झलारी आयुर्वेद औषधालयलाई आर्थिक अभाव हुँदा सेवा बन्द हुने अवस्थमा पुगेका छन्। औषधीको व्यवस्था गर्न नसक्दा सञ्चालन हुँदै आएको पञ्चकर्म सेवा बन्द भएको औषधालयका कविराज जयराम शाहले बताए।

‘मालिस तेल बिरामीलाई औषधालयबाट निःशुल्क रुपमा उपलब्ध गराई पञ्चकर्म सेवा सञ्चालन गर्दै आएका थियौं’ उनले भने,‘तेल खरिद गर्ने आवश्यक बजेट नहुँदा सेवा बन्द गर्नु परेको छ।’

संघीय सरकारबाट अनुदान रकम आउँदा विगतमा औषधीको व्यवस्था मिलाउँदै आएको बताउँदै उनले हाल संघ, प्रदेश र नगरपालिकाबाट थोरै मात्रै बजेट आउँदा बिरामीको चाप अनुसार औषधी पुर्‍याउन पनि धौधौ भएको बताए।

‘केही पुरानो औषधी मौज्दाद हुँदा बिरामीलाई दिँदै आएका छौं’,उनले भने,‘केही औषधी सकिएको छ,केही सकिने अबस्थामा पुगेको छ।’ संघीय सरकारबाट चालु आबमा  ८० हजार बजेट मात्रै औषधालय सञ्चालनका लागि आएको छ।

नगरपालिकाबाट बजेटनै विनियोजन गरिएको छ। विनियोजन गर्ने अश्वासन पाइएको औषधालयका कर्मचारीको भनाइ रहेको छ। औषधालयमा अम्लपित,पायल्स, उदररोग, स्वासप्रश्वास, बाथ, नशा, छाला सम्बन्धी रोगका बिरामी बढी आउने गरेका छन्।

आब ०८०/८१ मा दुई हजार नौ सय ८९ बिरामीले औषधालयबाट सेवा लिएका छन। औषधालयबाट पुरुष दुई हजार तीन सय ९१ र महिला पाँच सय ९८ ले सेवा लिएका छन्। आब ०७९/८० मा छ हजार बिरामीले सेवा लिएका थिए।

प्रकाशित: ५ साउन २०८१ १५:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + three =