मौसम विभाग भन्छ : दिउँसो हल्का र अधिकांश प्रदेशमा राति भारी वर्षाको सम्भावना छ

हिमाल प्रेस ५ साउन २०८१ ६:३८
14
SHARES
मौसम विभाग भन्छ : दिउँसो हल्का र अधिकांश प्रदेशमा राति भारी वर्षाको सम्भावना छ

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभावका कारण शनिबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। मौसम विभाग अन्तर्गतको  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ भने अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

शनिबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने र कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिन जारी गरी जानकारी दिएको छ।

महाशाखाले दिउँसो भारी वर्षाको सम्भावना नरहेको जानकारी दिएको छ। राति भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाको बुलेटिनमा उल्लेख छ।

मध्यम र वर्षाको सम्भावना रहेको क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू(क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा त्यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: ५ साउन २०८१ ६:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =