जनमतले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने

हिमाल प्रेस ४ साउन २०८१ २०:२२
48
SHARES
जनमतले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने जनमत पार्टीका अध्यक्ष डा. सीके राउत

काठमाडौँ- जनमत पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ। पार्टीको आज (शुक्रबार) को बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए।

उनका अनुसार नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले०बीच भएको साझेदारीमा गठन भएको वर्तमान सरकारले मधेश प्रदेशमा आफ्नो पार्टी नेतृत्वको सरकारलाई समर्थन गरेकाले संद्दीय सरकारका प्रधानमन्त्रीलाई विश्वातको मत दिने निर्णय गरिएको हो।

जनमतको नेतृत्वमा कांग्रेस, एमाले, लोकतान्त्रिक समाजवादी ९लोसपा०सहित मधेश प्रदेश सरकारले बिहीबार पूर्णता पाइसकेको छ। ‘हाम्रो पार्टीको सुरुदेखिनै प्राथमिकतामा मधेश प्रदेश सरकार थियो। प्रदेशमा जनमतको नेतृत्वलाई कांग्रेस र एमालेले समर्थन गरेकाले संघीय सरकारलाई समर्थन गरेर जाने पार्टीको स्पष्ट नीति छ,’ प्रवक्ता यादवले भने।

प्रतिनिधिसभामा जनमत पार्टीका ६ सांसद छन्। प्रधानमन्त्री ओलीले नेपालको संविधान बमोजिम साउन ६ गते ९आइतबार० प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम छ।

प्रकाशित: ४ साउन २०८१ २०:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =