पर्सा प्रहरीले एक वर्षमा बरामद गर्‍यो ५३ करोडको अवैध सामान

हिमाल प्रेस ४ साउन २०८१ १९:५६
16
SHARES
पर्सा प्रहरीले एक वर्षमा बरामद गर्‍यो ५३ करोडको अवैध सामान

वीरगञ्ज (पर्सा)- पर्सा प्रहरीले गत आर्थिक वर्षमा बिलबीजक नभएका करिब साढे ५३ करोड मूल्य बराबरको सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कुमोध ढु‌ंगेलले प्रहरीको सक्रियताकै कारणले अघिल्लो आवको तुलनामा गत आवमा अवैध रुपमा भन्सार छली तथा बिलबीजक नभएका पाँच करोड ३६ लाख ९५ हजार दुई सय २७ ले बढी बरामत भएको बताए।

‘प्रहरीले भन्सार छली तथा चोरी-पैठारी र बिलबीजकभन्दा धेरै सामान ल्याउनेमाथि निगरानी बढाएकै कारणले बरामद हुने समान बढेको हो,’ उनले भने, ‘चोरी-तस्करी गरेर भित्र्याएको सामानलाई पक्राउ गरेर वीरगञ्ज भन्सार कार्यालयलाई बुझाउँदै आइरहेका छौँ। बिलबीजक अनुसार नभएको सामान भने राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउँदै आइरहेका छौँ।’

पर्सा प्रहरीका अनुसार आव २०७९/८० मा अवैध चोरी–तस्करी गरेर तथा बिलबीजक नभएका गरी कुल ४८ करोड नौ लाख ६४ हजार ६ सय ४६ मूल्य पर्ने सामान वीरगञ्ज भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैया बुझाएको थियो। त्यस्तै, आव २०७८/७९ मा भने रु २३ करोड ९४ लाख ४६ हजार आठ सय २५ मूल्य पर्ने सामान बरामद गरेको थियो।

प्रकाशित: ४ साउन २०८१ १९:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 5 =