सहरमा आज

नाटक, साहित्यमय उपत्यका, हलमा कुन कुन फिल्म?

हिमाल प्रेस ५ साउन २०८१ ६:३०
76
SHARES
नाटक, साहित्यमय उपत्यका, हलमा कुन कुन फिल्म?

काठमाडौँ- साउनको पहिलो शनिबार। सधैझैँ हामीले उपत्यकामा आज हुने र भइरहेका विभिन्न मनोरञ्जनसहित केही महत्वपूर्ण गतिविधिको विवरण संकलन गरेका छौँ।

यो साता उपत्यकामा कहाँ के हुँदैछ त? हेरौं

विमोचित कृति

हरि अधिकारीको दुई कृति लोकार्पण

नयाँ बानेश्वरस्थित आनन्दभूमि पार्टी प्यालेसमा आज साहित्यकार हरि अधिकारीको कृति ‘संवाद–सञ्चयन’ र कवितासंग्रह ‘कवितासँगको पाँच दशक’ लोकार्पण हुँदैछ। कार्यक्रम दिउँसो १ बजे सुरु हुनेछ। कृति शब्दबिम्ब प्रकाशनले बजारमा ल्याएको हो।

तारादेवी सुनुवारको अनुभूतिसंग्रह ‘युद्धभूमिमा डामिएको मन’

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा तारादेवी सुनुवारको अनुभूतिसंग्रह ‘युद्धभूमिमा डामिएको मन’ लोकार्पण हुँदैछ। दिउँसो २ः३० बजे सुरु हुने कार्यक्रममा प्रमुख अतिथिका रुपमा साहित्यकार डा. नवराज लम्साल र वक्ताका रुपमा मोमिला र डा.अशोक थापा उपस्थित हुनेछन्।

जुनू घिमिरेको कवितासंग्रह ‘प्रदीप्त मन’

शान्तिनगरस्थित बानेश्वर क्याम्पसमा कवयित्री जुनू घिमिरेको दोस्रो कवितासंग्रह ‘प्रदीप्त मन’ लोकार्पण हुँदैछ। बिहान ११ बजे सुरु हुने कार्यक्रम भक्तपुर बुढ्यौली साहित्य समाज र चाँगुनारायण साहित्य समाजले आयोजना गरेको हो।

थिएटरमा छ नाटक

मण्डलामा ‘मेषी दण्ड’ र ‘रेल्वे टु नोव्हेर’

थापागाँउस्थित मण्डला थिएटरमा आज शनिबारदेखि नाटक ‘मेषी दण्ड’ मञ्चन हुँदैछ। रंगकर्मी अनिल सुब्बाको निर्देशनमा बनेको नाटक गीलु रातोसले लेखेका हुन्। नाटक दुई दशकअघिका सोलुखुम्बु जिल्लाको खालिङ राई समुदायले भाषाका कारण तत्कालीन राज्यबाट भाषाका कारण भोगेको मेषी दण्डसँग सम्बन्धित छ।

नाटकमा प्रतिना राई, मणि के राई, अरुण पौडेल, जय ढकाल, प्रशंसा गुरुङ, सलिना भुजेल, पूर्णबहादुर गन्धर्व, शायोक मुकारुङ, रमिता राई, सौजन लिम्बु, संजीप योगी, अमर बुढाथोकी, रमिता राई, संजय विश्वकर्मा, लहना राई, जंजीत थुलुङ राई, अजय लामा, प्रवीण मगर लगायतको कलाकारको अभिनय छ। नाटक साउन २७ सम्म मञ्चन हुनेछ। साताको प्रत्येक दिन साझँ ५ः ४५ बजे र शनिबार दिउँसो १ः३० बजेको दुई सो हुनेछ।

‘रेल्वे टु नोव्हेर’

मण्डला अल्मुनाई सर्कलले आयोजना गरेको म्याड फेस्टमा मञ्चन गरिएको नाटक ‘रेल्वे टु नोव्हेर’ साउन ४ देखि मण्डलाकै सानो हलमा मञ्चन भइरहेको छ। नाटकका लेखक तथा निर्देशक संयोग गुरागाईं हुन्।

नाटकमा उमेश सुनाम, आरजु खरेल, सिरपा मानन्धर, सुमित्रा पेहिम, आभास भट्टराई, भुवन लोहार भूपी, समिशन जी.सी र सागर खाती कामीको अभिनय छ। नाटक साउन १३ सम्म चल्नेछ। सोमबार बाहेक साताको प्रत्येक दिन अपरान्ह ४ बजे र शनिबार दिउँसो १२ बजेको अतिरिक्त सो हुनेछ।

राष्ट्रिय नाचघरमा ‘अनुत्तर’

जमलस्थित सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा साउन १ देखि नाटक ‘अनुत्तर’  मञ्चन भइरहेको छ। नाटकका लेखक तथा निर्देशक राम के.ए.सी हुन। नाटकमा बढ्दो वैदेशिक रोजगारले युवा पलायन भइरहेको अवस्थामा राज्यसत्तामार्फत उतर खोजीसहित जवाफदेहीको आवहान गरिएको छ। नाटकमा एकमात्र पात्र छ्न रंगकर्मी किरण चापागाईं।  साउन ७ गतेसम्म मञ्चन हुने नाटकको दैनिक दुई सो भइरहेको छ। दिउँसो १ः३० बजे र साँझ ५ः३० बजे।

शिल्पीमा ‘युगको साँचो’

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा असार २७ देखि नाटक ‘युगको साँचो’ मञ्चन भइरहेको छ। देशमै रोजगारको व्यवस्था गर्न उद्योग कलकारखाना खोल्नुपर्छ भन्ने आवहान गरिएको नाटक माइकल चेखोभ नेपाल र स्कूल थिएटर नेपालको प्रस्तुतिमा बनेको हो।

यो अंग्रेजी नाटक ‘चार्ली एन्ड द चकलेट फ्याक्ट्री’ को नेपाली अनुवाद हो। टंक चौलागाईंको परिमार्जन र निर्देशनमा बनेको नाटकमा कलाकार आकांक्षा कार्की, सेविता अधिकारी, शीला निरौला, रारा ज्योति पोखरेल, उषा भट्ट, प्रतीक दुलाल, पुष्पराज अवस्थी, विजय नेपाल, श्रीधर गौतम, अनु लकान्द्री, अभिनीत चौलागाईं, अंशिका जोशी, कश्यप ज्ञवालीको अभिनय छ।

मंगलबार बाहेक साताको प्रत्येक दिन साढे पाँच बजे मञ्चन भइरहेको नाटक शनिबार (आज) दिउँसो १ बजेको अतिरिक्त सो पनि हुँदैछ। नाटक साउन १९ सम्म मञ्चन हुनेछ।

नव्य नाचघरमा ‘प्रेमारम्भ’
सिनामंगलस्थित एस्थेटिक डान्स स्टुडियोमा सञ्चालित नव्य नाचघरमा असार २१ देखि नृत्य नाटक ‘प्रेमारम्भ’ मञ्चन भइरहेको छ। नाटक स्टुडियोकी संस्थापक नम्रता केसीले निर्देशन गरेकी हुन्।

नाटकमा प्रकृतिसँग संस्कृति मिसिँदा समाजमा हुने परिवर्तनलाई देखाउन खोजिएको छ। साताको दुई दिन शुक्रबार र शनिबार साँझ ५ः३० मा मञ्चन हुनेछ। नाटक भदौ २९ सम्म चल्नेछ।

कौसीमा ‘प्ले द सिस्टम’
टेकुस्थित कौसी थिएटर (कथा घेरा)मा असार ६ देखि नाटक ‘प्ले द सिस्टम’ मञ्चन भइरहेको छ। नाटक थेरेसा रेबेकको ‘ह्वाट वी आर अप अगेन्स्ट’ को नेपाली रुपान्तरण हो। नाटकको निर्देशन आकांक्षा कार्कीले गरेकी हुन्।

प्रियंकरले नेपालीमा अनुवाद गरेको नाटकमा इलम दीक्षित, रञ्जना भट्टराई, ऋषिकेश बस्याल, रोशनी स्याङ्बो, सुरज मल्लको अभिनय छ। साउन ८ सम्म मञ्चन हुने नाटक आज भने दिउँसो १ बजे र साँझ साढे पाँच बजेको दुई सो हुुनेछ।

हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म

घरज्वाइँ
असार २८ देखि प्रदर्शन भएको फिल्म ‘घरज्वाइँ’ दोस्रो सातामा चलिरहेको छ। फिल्मका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन्। मगर जातिको संस्कार र संस्कृतिमा आधारित फिल्मका लेखक तथा निर्देशक अनिल बुढा मगर हुन्। निर्देशक अनिलसहित विनोद खतिवडा र सुभाष कोइरालाको पटकथा तथा संवाद छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, सिभिल मल, सिटी स्क्वायर मल, छाया सेन्टर, लबिम मल, धाटधटेनी भक्तपुरमा फिल्मको १८ सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, बिएसआर मुभिज, एफक्यूब सिनेमाज, सिडिसी सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, सिटी सिनेमाजमा फिल्म ‘घरज्वाइँ’ चलिरहेको छ।

ब्याड न्युज
बलिउड फिल्म ‘ब्याड न्युज’ साउन ४ देखि नेपालमा प्रदर्शन भइरहेको छ। आनन्द तिवारी निर्देशित फिल्ममा विक्की कौशल, तृप्ति डिमरी र एम्मी भिराकको मुख्य भूमिकामा छन्। फिल्म कमेडी र रोमान्स जनरामा बनेको छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, छाया सेन्टर, सिभिल मल, दरबार सिनेम्याक्स, सिटी स्क्वायर मल, लबिम मल, भाटभटेनी भक्तपुरमा फिल्मको ३३ सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, एफक्यूब सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, सिटी सिनेमाजमा बलिउड फिल्म ‘ब्याड न्युज’ चलिरहेको छ।

ट्वीस्टर्स
साउन ४ देखि नेपालमा हलिउड फिल्म ‘ट्वीस्टर्स’ प्रदर्शन भइरहेको छ। ली आइज्याक चुङ निर्देशित फिल्ममा ग्लेन पावेल डेजी एड्गर, जोन्स एन्थोनी रामोस र किर्नन सिपकालगायत कलाकारको अभिनय छ। एक्सन, एड्भेन्चर र थ्रिलर जनरामा बनेको फिल्म समुन्द्रमा आँधी आउँदा फसेका पात्रको कथामा आधारित छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुर, छाया सेन्टर, सिटी स्क्वायर मल, लबिम मल र सिभिल मलमा फिल्मको १६ सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, बिएसआर मुभिज, सिडिसी सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, सिटी सिनेमाज हलिउड फिल्म ‘ट्वीस्टर्स’ चलिरहेका अन्य हल हुन्।

‘डिटेक्टिभ कोनान भर्सेस किड द फ्यान्टम थिफ
साउन ४ देखि नै जापानी एनिमेटेड फिल्म ‘डिटेक्टिभ कोनान भर्सेस किड द फ्यान्टम थिफ’ पनि नेपाली हलहरुमा प्रदर्शन भइरहेको छ। फिल्म सुनसुके इसिहाराले निर्देशन गरेको हुन्।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, लबिम मल, छाया सेन्टर, सिटी स्क्वायर मलमा फिल्मको चार सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिजमा जापानी एनिमेटेड फिल्म ‘डिटेक्टिभ कोनान भर्सेस किड द फ्यान्टम थिफ’ चलिरहेको छ।

डेस्पिक्याबल मि फो
अंग्रेजी फिल्म ‘डेस्पिक्याबल मि फो’ असार २१ देखि नेपालमा प्रदर्शन भैरहेको छ। कमेडी र एडभेञ्चर जनरामा बनको फिल्मका निर्देशक क्रिस रेनाउड र प्याट्रिक डेलाज हुन्। फिल्ममा स्टीव क्यारेल, क्रिस्टन विग, जोइ किङलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत लबिम मल, दरबार सिनेम्याक्स र छाया सेन्टरमा फिल्मको ६ सो छ।

कल्की
भारतीय फिल्म ‘कल्की २८९८ एडी’ असार १३ देखि नेपालमा प्रदर्शन भइरहेको छ। नाग अश्विनले निर्देशन गरेको फिल्ममा अभिनेता प्रभास, अमिताभ बच्चन, कमल हसन, दीपिका पादुकोण, दिशा पटानीलगायत कलाकारको अभिनय छ। फिल्म एक्सन एडभेञ्चर र ड्रामा जनरामा बनेको छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, सिटी स्क्वायर मल, लबिम मल, दरबार सिनेम्याक्स,  भाटभटेनी भक्तपुर, सभिल मल, छाया सेन्टरमा फिल्मको १३ सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिएसआर मुभिज, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, सिटी सिनेमाजमा कल्की प्रदर्शन भइरहेको छ।

प्रकाशित: ५ साउन २०८१ ६:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =