गृहमन्त्रीसँग अमेरिकी राजदूतले भने : एमसीसीले नेपालको विकासमा योगदान दिने विश्वास छ

हिमाल प्रेस ४ साउन २०८१ १३:०७
30
SHARES
गृहमन्त्रीसँग अमेरिकी राजदूतले भने : एमसीसीले नेपालको विकासमा योगदान दिने विश्वास छ

काठमाडौँ- अमेरिकी राजदूत डिन थम्पसनले अमेरिकी सहायता परियोजना (एमसीसी)ले नेपालको विकासमा योगदान पुर्‍याउने विश्वास आफूले लिएको बताएका छन्। शुक्रबार गृहमन्त्री रमेश लेखकलाई बधाई तथा शुभकामना दिन पुगेका उनले नेपालको सामाजिक आर्थिक क्षेत्रमा सहयोग गर्न अमेरिका सधैँ तयार रहेको पनि बताएका हुन्।

‘नेपालको सामाजिक आर्थिक विकासका क्षेत्रमा सहयोग गर्न अमेरिका सधैँ इच्छुक रहेको छ,’ उनले गृहमन्त्रीसँग भने, ‘एमसीसी परियोजनाले नेपालको समृद्धिमा उल्लेखनीय योगदा‍न पुर्‍याउने विश्वास छ। साथै परियोजना कार्यान्वयनमा नेपाल सरकारको तर्फबाट सधैँ सहयोग हुने अपेक्षा रहेको छ।’

उनले अपराध अपराध नियन्त्रण तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा सहकार्य र समन्वय गर्न पनि अमेरिकी सरकार तयार रहेको बताए।

भेटमा गृहमन्त्री लेखकले नेपाल-अमेरिकाको ७० वर्ष पूरानो सम्बन्धलाई अझै मझबुत बनाएर लैजानुपर्नेमा जोड दिए। उनले दुई देशबीच लोकतन्त्र, मानव अधिकार, कानुनी शासन लगायतका विषयमा दुवै देशको साझा धारणा रहेको पनि बताए।

नेपालको सामाजिक आर्थिक विकास तथा गृह मन्त्रालयका विभागीय सुरक्षा निकायहरू नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालको क्षमता विकास अमेरिकाले उल्लेख्य सहयोग गर्दै आएकोमा धन्यवाद पनि दिए।

जलवायु परिवर्तनका असरका कारण नेपाल उच्च जोखिममा रहेको हुँदा जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने नेपालको चासो र चिन्ताको विषयलाई अमेरिकाले समर्थन गर्ने पनि राजदूतसमक्ष राखे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + fifteen =