सिमलताल दुर्घटना : भारतमा भेटिए दुई शव

हिमाल प्रेस ४ साउन २०८१ १२:२०
24
SHARES
सिमलताल दुर्घटना :  भारतमा भेटिए दुई शव

काठमाडौँ- असार २८ गते शुक्रबार भएको चितवनको सिमलतालमा भएको बस दुर्घटनामा दुईबससहित बेपत्ताहरूको शव धमाधम भेटिन थालेको छ। दुईवटा बसमा रहेका ६५ जना यात्रु बेपत्ता भएको घटनामा हालसम्म २३ जनाको शव भेटिएको सशस्त्र प्रहरीका केन्द्रीय सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

आज शुक्रबार बिहान १०:५० बजेसम्ममा २३ जनाको शव भेटिएको हो। दुईवटा शव भारतमा भेटिएको हो। बिहीबार र शुक्रबार भारतको पश्चिम चम्पारण बगाहामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)को टोलीले दुई वटा शव फेला परेको उनले बताए।

जिल्ला प्रशासन कार्यालय चितवनले भारतीय डिस्ट्रिक्ट म्याजिस्ट्रेटलाई समन्वय र सहजीकरणका लागि अनुरोध गरेको थियो। अहिलेसम्म फेला परेको २३ वटा शवमध्ये जम्मा १४ वटा शवको सनाखत भएको छ। ८ जना पुरूष र एक जना महिलाको भने सनाखत भएको छैन।

०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसमा सवार ऋषिपाल साह, रमितकुशर माझी, जयप्रकाश ठाकुर, किशोरकुमार चौधरी (चालक), अशोककुमार यादव, ऋषिकुमार सिंह, विवेक कुमार, जितेन्द्र राम महरा र अमृता कुमारीको सनाखत भएको हो।

त्यस्तै ०३-००६ ख १५१६ नम्बरको एन्जल बसमा सवार विकास परियार, सजाद अन्सारी, सुदिप विक, परमानन्द पण्डित र चन्द्र प्रभा कुमारीको सनाखत भएको हो। बस र यात्रुको खोजीका लागि सशस्त्र प्रहरीसँगै नेपाल प्रहरी, नेपाली सेनासहितको टोली खटिएको छ।

प्रकाशित: ४ साउन २०८१ १२:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 9 =