काठमाडौँ- चितवनकाे सिमलतालमा पहिराेले बगाएर त्रिशूली नदीमा बेपत्ता बसका यात्रुमध्ये २३ जनाको शव भेटिएको छ। शुक्रबार बिहान १०:५० सम्म २३ जनाको शव भेटिएको खोजतलासमा खटिएको सशस्त्र प्रहरी बलले जनाएको छ।
उनीहरूमध्ये १४ जनाको मात्र सनाखत भएको छ। बाँकी ८ पुरुष र एक महिला गरी ९ जनाको सनाखत हुन बाँकी छ।
गत असार २८ वीरगन्जबाट काठमाडौँका लागि छुटेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा ३८ जना सवार थिए।
काठमाडौँबाट गौरका लागि छुटेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसमा २७ जना सवार थिए। दुवै बस गरी कुल ६५ यात्रु सवार थिए। जसमध्ये गणपति बसमा सवार तीनजना बाँच्न सफल भएका थिए।
प्रकाशित: ४ साउन २०८१ ११:३२
प्रतिक्रिया