करिब चार करोड मूल्य बराबरको कोकिनसहित दुई विदेशी पक्राउ

हिमाल प्रेस ३ साउन २०८१ १८:४२
10
SHARES
करिब चार करोड मूल्य बराबरको कोकिनसहित दुई विदेशी पक्राउ

काठमाडौँ- एक किलो एक सय ग्राम कोकिनसहित २ जना विदेशी नागरिक पक्राउ परेका छन्।  उक्त कोकिनको बजार मूल्य ३ करोड ८५ लाख रूपैयाँ हुन आउने लागूऔषध ब्युरोका सह-प्रवक्ता प्रेमबहादुर शाहीले जानकारी दिए।

पक्राउ पर्नेमा भारतीय नागरिक २३ वर्षीय फहिमुद्दिन नासिमुद्दिन अन्सारी र नाइजेरियन नागरिक ४४ वर्षीय इकेचुकवा सिरिल ओबोडोइफुला छन्। उनीहरूलाई लागूऔषध ब्युरोले साउन १ गते पक्राउ गरेको हो। भारतीय नागरिकलाई काठमाडौं महानगरपालिका-२६ ठमेलबाट र नाइजेरियन नागरिकलाई काठमाडौँ महानगरपालिका-९ पिंगलास्थानबाट पक्राउ गरिएको ब्युरोका सहप्रवक्ता शाहीले जानकारी दिए।

प्रहरीकाअनुसार भारतीय नागरिकलाई पक्राउ गरेर सोधपुछ गर्ने क्रममा नाइजेरियन नागरिकलाई पक्राउ परेका हुन्। भारतीय नागरिकले नाइजेरियन नागरिकबाट कोकिन लिएको खुल्न आएको छ।

उक्त कोकिन नाइजेरियन नागरिकले ज्याकेटमा फल्स बटम बनाएर कतारदेखि ल्याएको खुलेको प्रहरी अनुसन्धानमा खुलेको छ। उनले ज्याकेटबाट निकालेर जुसको बट्टामा लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको उनले जानकारी दिए।

प्रकाशित: ३ साउन २०८१ १८:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + eight =