स्वामी रामानन्द गिरिजी महाराजको सातौँ निर्वाण महोत्सव

हिमाल प्रेस ३ साउन २०८१ १७:३९
190
SHARES
स्वामी रामानन्द गिरिजी महाराजको सातौँ निर्वाण महोत्सव

काठमाडौँ– देवघाटस्थित महेश संन्यास आश्रमले ब्रह्मलीन परमपूज्य गुरुवर सन्तशिरोमणि श्री १००८ डा. स्वामी रामानन्द गिरिजी महाराजको सातौँ निर्वाण महोत्सव मनाउने भएको छ। सातौँ गुरुनिर्वाण महोत्सव साउन ६ र ७ गते मनाउन लागिएको आश्रमले जनाएको छ।

कार्यक्रमअन्तर्गत पहिलो दिन रुद्राभिषेक, गीतापाठ, व्यासपूजा, गुरुपूजन, आचार्य आराधना, गुरुतत्त्व विमर्श गरिनेछ। यसैगरी दोस्रो दिन विद्येश्वर आराधना, गुरुनाम संकीर्तन, प्रज्ञाभवन समुद्घाटन, गुरुस्मृति सभा, पुस्तक विमोचन र समष्टि भण्डारा आयोजना गरिने आश्रमका प्राचार्य फणीन्द्र पौडेलले जानकारी दिए।

गिरि महेश संन्यास आश्रम देवघाट, तनहुँ, महेश संस्कृत गुरुकुल, देवघाट, तनहुँ र अम्बरेश्वर संन्यास आश्रम, पुरन्चौर, कास्कीका संस्थापक हुन्।

उनका जनकदर्शन (विद्यावारिधि शोधग्रन्थ), माण्डूक्यकारिका (नेपाली अनुवाद तथा व्याख्या), रामगीता (नेपाली अनुवाद तथा व्याख्या), वेदस्तुति (नेपाली अनुवाद तथा व्याख्या), श्रीमद्भागवतमहापुराण (१-८ खण्डमा) (नेपाली अनुवाद–रामानन्दी टीका), देवीगीता (नेपाली अनुवाद तथा व्याख्या), दुर्गासप्तशती (नेपाली अनुवाद एवम् व्याख्या), दक्षिणामूर्तिस्तोत्रम् (नेपाली अनुवाद एवम् व्याख्या), श्री शिवमहिम्नः स्तोत्रम् (नेपाली अनुवाद एवम् व्याख्या) र ईशादि दश उपनिषद् (नेपाली अनुवाद एवम् व्याख्या) प्रकाशित छन्।

उनले विभिन्न शिक्षण संस्थाहरुमा अध्यापन तथा अद्वैत वेदान्त दर्शन एवम् सनातन धर्म र संस्कृतिका विषयमा प्रवचन दिएर गिरिले योगदान दिएका छन्। २००३ जेठ १० गते जन्मिएका गिरी २०७४ जेठ २४ गते शंकराचार्य मठ, पशुपति, काठमाडौँमा ब्रह्मसायुज्य भएका थिए।

 

प्रकाशित: ३ साउन २०८१ १७:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 13 =