सवारी दुर्घटनामा दुईको मृत्यु

हिमाल प्रेस ३ साउन २०८१ १५:३७
20
SHARES
सवारी दुर्घटनामा दुईको मृत्यु

इटहरी- सुनसरीको दुई स्थानमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। बुधबार अपराह्न धरान १३ स्थित कोशी लोकमार्गमा भेडेटारतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ ख ०१६० नम्बरको ट्रकमा विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०२-०४८प ४९२४ नम्बरको मोटरसाइकल ठक्कर हुँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक धरान २० का १७ वर्षीय समर्पण राईको मृत्यु भएको हो। यसैगरी सोही दिन बेलुका हरिनगर गाउँपालिका २ स्थित हुलाकी राजमार्गमा बीआर ३८ एक्स ८२४७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री हरिनगर १ की ५० वर्षीया दुखनीदेवी दासको उपचारको क्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको हो।

दुर्घटनामा संलग्न ट्रक चालक झापा कमल गाउँपालिका १ का प्रेमबहादुर न्यौपाने र मोटरसाइकल चालक भारत अररियाका सुरज दासलाई नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३ साउन २०८१ १५:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + five =