‘ईसीडी शिक्षकलाई दरबन्दीमा लगिनुपर्छ, प्रावि सरह सेवासुविधा दिनुपर्छ’

हिमाल प्रेस ३ साउन २०८१ ११:३६
3.9k
SHARES
‘ईसीडी शिक्षकलाई दरबन्दीमा लगिनुपर्छ, प्रावि सरह सेवासुविधा दिनुपर्छ’

काठमाडौँ- सांसद बिना लामाले सामुदायिक विद्यालयका प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) लाई दरबन्दीमा लगिनुपर्ने र प्राथमिक तह तृतीय श्रेणीको शिक्षक सरह सेवासुविधा दिनुपर्ने बताएकी छिन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद लामाले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८० मा बालविकास सहजकर्ताले पनि उठाउँदै आएको उक्त मागमा संशोधन हालेकी हुन्।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकाे बुधबारकाे बैठकमा लामाले भनिन्,‘सरकारले दिएकाे न्यून पारिश्रमिकले ईसीडी शिक्षकले केही गर्न सक्ने अवस्था छैन। घर व्यवहार चलाउन नै पुग्दैन। विद्यालय शिक्षाको आधार नै बालविकास हो। आधारलाई मजबुत बनाउनुपर्छ।’

बैठकमा उनले ईसीडी शिक्षकलाई दरबन्दीमा लगेर प्राथमिक तह तृतीय श्रेणीको शिक्षकको सरह सुविधा दिनुपर्ने बताइन्। उनले भनिन्, ‘ईसीडी शिक्षकलाई दरबन्दीमा लग्नुपर्ने र प्रावि तृतीय श्रेणीको शिक्षकको सरह सुविधा दिनुपर्ने संशाेधन हालेकी छु। कार्यान्वयन हुन्छ कि हुँदैन। हेर्न बाँकी छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =