एकै वर्षमा सात लाख युवा बिदेशिए, रोजगारीका लागि ९१ देश पुगे

हिमाल प्रेस ३ साउन २०८१ १०:३६
14
SHARES
एकै वर्षमा सात लाख युवा बिदेशिए, रोजगारीका लागि ९१ देश पुगे वैदेशिक रोजगारीका लागि हिँडेका युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा। तस्बिर : सेन्टर फर द स्टडी अफ लेबर एन्ड मोबिलिटी

काठमाडौँ- आर्थिक वर्ष २०८०/८१ मा सात लाख ५४ हजार युवा बैदेशिक रोजगारीको खोजीमा ९१ देश पुगेका छन्। वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षमा सात लाख २४ हजार पुरुष र ३० हजारभन्दा बढी महिला वैदेशिक रोजगारीमा गएका छन्।

गत आर्थिक वर्षको असारमा मात्र ७० हजारभन्दा बढी नेपाली बिदेशिएको विभागको तथ्यांकमा छ। विभागले यस बर्षको सबै तथ्यांक सार्वजनिक गर्न बाँकी छ।

असारसहित सबै तथ्यांक संकलन गर्न काम भइरहेका कारण विदेशीनेको संख्या थपघट भएर आउनसक्ने विभागले जनाएको छ। विभागका अनुसार चालु आर्थिक वर्षको साउनमा ५५ हजार ५ सय ७५ जना, भदौमा ५० हजार ८ सय ८४ जना, असोजमा ५६ हजार २ सय ३५, कात्तिकमा ४३ हजार ६ सय २२ जना र मंसिरमा ६८ हजार २ सय १ जना वैदेशिक रोजगारीमा गएका थिए।

यस्तै, पुसमा ६५ हजार ८ सय १३, माघमा ६२ हजार १ सय ४७, फागुनमा ६५ हजार ६ सय ५८, चैतमा ७० हजार ९ सय ३३, वैशाखमा ७० हजार ६ सय ३७ जना र जेठमा ७२ हजार ८ सय ६१ जना वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ।

यसैगरी वैदेशिक रोजगारको ३० वर्षको इतिहासमा अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी ७ लाख ७१ हजार युवाले विदेश जान श्रमस्वीकृति जारी भएको थियो। अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेको वैदेशिक रोजगार विभागका निर्देशक लोकनाथ भुसालले जानकारी दिए।

उनका अनुसार देशभित्र रोजगारी सिर्जना, स्वदेशमा केही गर्ने नेपालीको संख्या बढेका कारण पनि बिदेशिने युवाको संख्या गत आर्थिक बर्षमा घटेको हो। तथ्याक संकलन गर्ने काम भइरहेका कारण केही संख्या बढेर आउने उनको भनाइ छ।

प्रकाशित: ३ साउन २०८१ १०:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 18 =