हेर्नुहोस् आजको तरकारी र फलफूलको मूल्यसूची

हिमाल प्रेस ३ साउन २०८१ ८:५३
24
SHARES
हेर्नुहोस् आजको तरकारी र फलफूलको मूल्यसूची काठमाडौँको कालीमाटीस्थित तरकारी बजार। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (बिहीबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज केही तरकारीको मूल्य बढेको छ भने केही तरकारीको मूल्य घटेको छ। केही तरकारी भने हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

कालीमाटीमा आज सबैभन्दा सस्तो तरकारी सानो लोकल गोलभेँडा छ भने सबैभन्दा महँगो तरकारी डल्ले च्याउ छ। गोलभेँडा १७ रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहँदा डल्ले च्याउको मूल्य ३२६ रुपैयाँ छ। डल्ले च्याउ हिजो भन्दा आज २४ रुपैयाँ सस्तिएको छ। कालीमाटीमा सानो लोकल गोलभेँडा १७ रुपैयाँ किलो भए पनि ठूलो गोलभेँडाको मूल्य भने ११० रुपैयाँ छ। हिजो भन्दा ठूलो गोलभेँडा पनि १५ रुपैयाँ सस्तिएको समितिले जनाएको छ।

त्यसैगरी कालीमाटीमा आज डल्ले भन्टाको मूल्य ११० पुगेको छ। हिजो भन्दा आज डल्ले भन्टा १४ रुपैयाँ बढेको हो। त्यसैगरी कालीमाटीमा आज बन्दा ४५, स्थानीय ज्यापु काउली ११५, लाम्चो भन्टा ९५, तने बोडी ११०, करेला ९५, घिरौँला ११०, भिन्डी १२०, हरियो फर्सी ८५, कन्य च्याउ १६३, ब्रोकाउली ११०, रुपैयाँ प्रतिकिलो छ। यो सबै औसत मूल्य हो।

हिजो कालीमाटीमा रातो आलु ६९, सुकेको प्याज ९३, बन्दा ४५, स्थानीय काउली ८५, डल्ले भान्टा ९६, तने बोडी १२०, करेला ११०, घिरौँला ११०, परबल ६५, हरियो फर्सी ८५, भिन्डी १३०, रायोको साग १९३, कन्य च्याउ १५६ रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: ३ साउन २०८१ ८:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast