वायुसेवा निगमले दियो सञ्चय कोष र नागरिक लगानी कोषलाई ४३ करोड भुक्तानी

हिमाल प्रेस २ साउन २०८१ १८:४०
36
SHARES
वायुसेवा निगमले दियो सञ्चय कोष र नागरिक लगानी कोषलाई ४३ करोड भुक्तानी

काठमाडौँ- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले जहाज खरिदको किस्ताबापतको ४३ करोड ९ लाख ५५ हजार दुई सय ८१ रूपैयाँ भुक्तानी गरेको छ। निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दुई न्यारोबडी जहाजको असार महिनाको किस्ताबापत पूरा र वाइडबडी जहाजको आंशिक गरी असार मसान्तसम्मको रकम भुक्तानी गरेको हो।

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिद गरेको थियो। निगमको पछिल्लो व्यवस्थापन सम्हालेयता २०८१ असारसम्म ५ अर्ब ७९ करोड ७६ लाख ४२ हजार दुईसय ४९ किस्ता रकम भुक्तानी गरिएको विज्ञप्तिमा जनाइएको छ।

निगमले कोरोना महामारीका कारण निगमको व्यापारमा प्रतिकूल असर परेकाले उक्त अवधिको ब्याज, हर्जाना र जरिबाना छुट गरिदिन दुई कोषलाई अनुरोध गरेको छ। साथै किस्ताको संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन निगमले दुवै कोषलाई अनुरोध पत्र पठाइएको निगमले जनाएको छ। रासस

प्रकाशित: २ साउन २०८१ १८:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 18 =