रेलमार्ग सर्भे टोलीको गाडीमा स्थानीयले गरे आगजनी

हिमाल प्रेस २ साउन २०८१ १६:१३
14
SHARES
रेलमार्ग सर्भे टोलीको गाडीमा स्थानीयले गरे आगजनी

काठमाडौँ- चितवनमा रेलमार्गको सर्भे गर्न आएकाे टोलीको गाडीमा आगजनी भएको छ। आज बुधबार दिउँसो भरतपुर महानगरपालिका– ७ मा पुगेको आरएच कन्सल्टेन्सीको गाडीलाई स्‍थानीयले नियन्त्रणमा लिएर आगजनी गरेका हुन्।

प्रहरीकै अगाडि उनीहरूले बागमती प्रदेश–०१–०३० च ७१९० नम्बरकाे गाडी जलाएको बताइएको छ। स्थानीयले उक्त स्थानबाट रेलमार्ग हुन नहुने, रेलमार्ग सार्नुपर्ने माग राख्दै आइरहेका छन्।

प्रकाशित: २ साउन २०८१ १६:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =