शिक्षक बढुवा, लाइसेन्स र पदपूर्ति विज्ञापन-परीक्षा तालिका सार्वजनिक

हिमाल प्रेस २ साउन २०८१ १३:१७
1.3k
SHARES
शिक्षक बढुवा, लाइसेन्स र पदपूर्ति विज्ञापन-परीक्षा तालिका सार्वजनिक

काठमाडौँ- शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयमा आर्थिक वर्ष २०८१/८२ मा शिक्षक पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले मंगलबार (साउन १ गते) कार्यतालिका सार्वजनिक गरेको हो।

आयोगकाअनुसार प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको द्वितीय र प्रथम श्रेणीको बढुवा प्रतिशत निर्धारण तथा विज्ञापन यही साउनमा हुनेछ। सामान्य तथा विषयगत परीक्षा सञ्चालन कात्तिकमा र त्यसको नतिजा प्रकाशन पुस/माघमा हुने र अन्तिम नतिजा फागुन महिनामा प्रकाशन गरिने आयोगको कार्यतालिकामा उल्लेख छ। सिफारिस भने चैतमा गरिनेछ।

त्यसैगरी खुलातर्फ माध्यमिक तहको अध्यापन अनुमतिपत्र विज्ञापन साउनमा, परीक्षा असोज र नतिजा कात्तिकमा प्रकाश गरिने आयोगको भनाइ छ। निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन भदौमा, कात्तिक महिनामा परीक्षा र मंसिरमा नतिजा प्रकाशन गरिनेछ।

त्यस्तै, माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदपूर्तिका लागि पुसमा विज्ञापन, सामान्य परीक्षा फागुन, विषयगत परीक्षा वैशाख र नतिजा प्रकाशन सामान्यको फागुन र विषयगतको जेठमा हुनेछ।

निम्न माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदपूर्तिका लागि फागुनमा विज्ञापन हुनेछ। सामान्य परीक्षा वैशाख र विषयगत परीक्षा असार र नतिजा जेठमा सार्वजनिक हुने आयोगले तालिकामा उल्लेख गरेको छ।

प्राथमिक तह तृतीय श्रेणीको शिक्षक पदपूर्तिका लागि वैशाखमा विज्ञापन, सामान्य परीक्षा जेठ र विषयगत असारमा र नतिजा असारमा सार्वजनिक हुने आयोगले बताएको छ।

तालिका हेर्नुहाेस्

प्रकाशित: २ साउन २०८१ १३:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 9 =