काम अलपत्र पार्ने ४ कम्पनी कालोसूचीमा

हिमाल प्रेस २ साउन २०८१ ७:१७
8
SHARES
काम अलपत्र पार्ने ४ कम्पनी कालोसूचीमा

काठमाडौँ- ठेक्का लिएर काम अलपत्र पार्ने निर्माण कम्पनी र व्यवसायीहरू कालोसूचीमा परेका छन्। सार्वजनिक खरिद अनुगमनको कार्यालयले विभिन्न सार्वजनिक निकायहरूको सिफारिसका आधारमा ४ निर्माण कम्पनी तथा व्यवसायीहरूलाई डेढदेखि २ वर्षसम्मका लागि कालोसूचीमा राखेको हो।

बि.एस कन्स्ट्रक्सन, दीपायल र त्यसका मुख्य व्यक्ति असोककुमार श्रेष्ठ, डोटीको भैरव शक्ति निर्माण सेवा र त्यसका मुख्य व्यक्ति शिव बहादुर खड्कालाई दुई वर्षका लागि कालो सूचीमा राखिएको छ। त्यस्तै भारतको भटिन्डा सेरामिक्स प्रालि र त्यसका सञ्चालक भूषण अग्रवाललाई डेढ वर्ष सम्मका लागि कोलोसूचीमा राखिएको छ।

काठमाडौंको मस्टा जेबिडि कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ प्रालि र त्यसका सञ्चालक पदम बहादुर तामाङलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ।

कालोसूचीमा परेका संस्था।

 

प्रकाशित: २ साउन २०८१ ७:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + nineteen =