फेरि बढ्यो सुनको मूल्य

हिमाल प्रेस १ साउन २०८१ ११:०८
4
SHARES
फेरि बढ्यो सुनको मूल्य

काठमाडौँ- सुनको मूल्यले नेपाली बजारमा रेकर्ड बनाइरहेको छ। असार ३० गते प्रतितोला १ लाख ४६ हजार ७ सय रूपैयाँ कायम हुँदै रेकर्ड बनाएको छापावाल सुनले आज तोडेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९ सय रुपैयाँले बढेर १ लाख ४७ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ४७ हजार १ सय रुपैयाँ कायम भएको छ।यस्तै, मंगलबार चाँदी भने तोलामा १० रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

प्रकाशित: १ साउन २०८१ ११:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + eight =