बालेनको दाबी : श्रम बैंकमार्फत ९११ ले रोजगारी पाए

हिमाल प्रेस १ साउन २०८१ ८:५०
8
SHARES
बालेनको दाबी : श्रम बैंकमार्फत ९११ ले रोजगारी पाए

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको पहलमा ९११ जनाले रोजगारी पाएको मेयर बालेन्द्र शाह (बालेन)ले दाबी गरेका छन्। बालेनका अनुसार महानगरपालिकाको श्रम बैंकमार्फत ३२९ जनालाई निजी र ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरिएको हो।

‘काठमाडौँ महानगरले रोजगारी प्रवर्द्धनका लागि तीन वर्षको कार्ययोजना बनाइ कम्तीमा १५ हजार जनालाई तालिम तथा ५ हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना ‘रोजगारी र आयवृद्धि काठमाडौँको समृद्धि’ तथा ‘श्रम बैंक’ स्वर्णिम योजना अगाडि बढाएको हो’, मेयर बालेनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यसबाट श्रम बैंकमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरी जम्मा ९११ जनाले रोजगारी पाएका छन्। जसमध्ये ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको छ।’

प्रकाशित: १ साउन २०८१ ८:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =