मंगलबार गर्नुहोस् गणेश भगवान्‌को पूजा, यस्तो छ विधि

हिमाल प्रेस १ साउन २०८१ ७:३६
6
SHARES
मंगलबार गर्नुहोस् गणेश भगवान्‌को पूजा, यस्तो छ विधि

काठमाडौँ- मंगलबारको दिनलाई गणेश भगवानको दिन भनिन्छ। मंगलबार गणेशको पूजा गरेमा कार्यसिद्दी हुन्छ भन्ने आम हिन्दुजनको विश्वास रहेको छ। हिन्दु धर्म अनुसार गणेश भगवानको महिमा अपरम्पार रहेको छ। भगवान शिव र पार्वतीका पुत्र गणेशको पूजा आराधना विधिसम्मत गर्ने हो भने तपाई हाम्रो जीवन पनि सुखी र खुसी हुन्छ। हरेक भगवानको पूजा आजा गर्दा गणेश भगवानको पूजा सुरुमा गर्नुपर्दछ।

भनिन्छ नि कुनै कार्यको शुरुवात गर्नुलाई नै श्रीगणेश गर्ने भन्नेबाट पनि यो कुरा पुष्टि हुन जान्छ। प्रायः जसो तिलको लड्डु चढाएर साथै फुल,जल र अक्षतासहित गणेश भगवानको पूजा गरिन्छ। गणेश भगवानलाई खुसी पारी आफ्नो कार्य सिद्दी गर्नको निमित्त गणेश भगवानको पूजाको लागि पूर्ण तयारी गर्नुका साथै तोकिएको विधी अवलम्वन गर्नुपर्दछ।

१. गणेश भगवानको फोटो वा मूर्ती तयार पार्नुहोस्

२. गणेश मन्दिर मै जानुहून्छ भने तिलको लड्डु तयार गर्नुहोस्

३. स्नान गरी चोखो, सफा सुग्घर बन्नुहोस

४. पूजाको लागि आवश्यक सफा जल, जौ, तिल फुल र अक्षता एकै ठाउँमा संग्रह गर्नुहोस् पूजा गर्ने विधि १ सुरुमा मूर्ती अथवा फोटोको अगाडि पवित्र मनले दियो जलाई दिनुहोस २ दियो जलाई सकेपछी भगवानलाई मनपर्ने तिलको गुलियो लड्डु चढाई दिनुहोस ३ महिला भक्तजन भएमा आफ्नो सारी अर्थात सलले पूजा समयमा आफ्नो शिर छोप्नुहोला

५. अब अगरबत्ती जलाई त्यसलाई हातमा लिएर गणेश भगवानलाई विभिन्न सुगन्ध सहित पूजा आराधना गर्नुहोस्

६. फूल अक्षता साथै पातिहरु अगरबत्ती बालेर आराधना गरीसकेपछी चढाईदिएर पूजा गर्नुहोस्

७. गणेश मन्त्र उच्चारण माथि पहिलो चरणबाटै गर्नुपर्नेछ, अब मन्त्र उच्चारण गर्दै गणेश भक्ती गाईरहनुहोस्

८. तपाईंको मनमा गणेश भगवान भएको कल्पना गर्नुहोस,आखाँ बन्द गरेर गणेश भगवान आफुसंगै भएको महसुस गर्नुहोस्

९. गणेश भगवानसँग बोल्नुहोस, केहि इच्छित कुरा भए माग्नुहोस,र तपाँई उहाँको भक्त भएको भान गराउनुहोस्

१०. भगवानको शिरमा टिका लगाईदिई आफुपनि लगाउनुहोस र अरुलाईपनि लगाइदिनुहोस्

११. सम्पूर्ण भक्तजन साथै स्वयम् आफैले प्रसाद लिनुहोस, खुवाउनुहोस माथि उल्लेखीत विधि अपनाएर गणेशको पूजा गर्दा पक्कै कार्यसिद्दी हुनुका साथै तपाईंले जिवनमा सोचेका सबै कुरा पुरा हुनमा सहयोग पुग्नेछ तपाईं हामी पनि आज मंगलबार कार्यसिद्दी विनायक गणेश भगवानको पूजा आराधना गरौँ।

प्रकाशित: १ साउन २०८१ ७:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast