रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु

हिमाल प्रेस १ साउन २०८१ ७:२१
20
SHARES
रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु फाइल तस्बिर

रुकुम- रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ। आठबिसकोट नगरपालिका १२ को बगर नजिक रहेका तातोपानी खोला र झिन्चौर खोलामा आएको बाढीले बगाउँदा ३ जना बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा सूचना अधिकारी बखत शाहीले बताए।

मृत्यु हुनेमा स्थानीय १० वर्षीय हितमाया पुन, आठ वर्षीय धनसा पुन र चार वर्षीय मनिषा सार्की रहेको उनले बताए। बाढीले बगाउँदा डिल्ली बहादुर बुढाथोकी बेपत्ता भएका छन् भने घाइते भएका ६ जनालाई उपचारका लागि अस्पताल पुर्‍याइएको उनले बताए।

प्रकाशित: १ साउन २०८१ ७:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =