बढ्यो पेट्रोल र डिजेलको मूल्य, प्रतिलिटर कति?

हिमाल प्रेस ३१ असार २०८१ २१:००
130
SHARES
बढ्यो पेट्रोल र डिजेलको मूल्य, प्रतिलिटर कति?

काठमाडौँ- पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले मंगलबारदेखि लागू हुने गरेर पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो।

पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ बढाइएको निगमले जनाएको छ।

मूल्य बढेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ७० र तेस्रो वर्गका लागि एक सय ७१ कायम भएको छ।

डिजेल र मट्टितेल भने पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर क्रमशः एक सय ५७ रुपैयाँ ५० पैसा, एक सय ५९ रुपैयाँ र एक सय ६० रुपैयाँ पुगेको छ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गका रूपमा तोकेको छ।

नयाँ मूल्य निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुनेछ।

प्रकाशित: ३१ असार २०८१ २१:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =