काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने पहिलो निर्णय गरेको छ। सोमबार सिंहदरबारमा भएको बैठकले कीर्तिपुर मैदानमा प्यारापिट, रात्रिकालीन खेलका लागि फ्लडलाइट निर्माणलगायतका आवश्यक संरचना बनाउने निर्णय गरेको हो।
यसका लागि तीन सय दिनको समयसीमा पनि तोकिएको छ। मन्त्रिपरिषद्को पहिलो निर्णय प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गरेका हुन्।
प्रकाशित: ३१ असार २०८१ १८:५६ | Monday, July 15, 2024
प्रतिक्रिया



