स्वस्तिवाचनसँगै ओलीले गरे पदभार ग्रहण

हिमाल प्रेस ३१ असार २०८१ १७:०८
40
SHARES
स्वस्तिवाचनसँगै ओलीले गरे पदभार ग्रहण केपी ओली

काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन्। सोमबार पद तथा गोपनियताको शपथग्रहणसँगै सिंहदरबार पुगेर उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको पदभार ग्रहण गरेका हुन्।

पदभार सम्हाल्नुअघि ब्राम्हणहरूले स्वस्ती बाचनको मन्त्रोच्चारण साथै निमित्त मुख्यसचिव लीलादेवी गड्तौलाले टीका र माला लगाएर स्वागत गरिन्।

ओलीले शपथ ग्रहणका बेला राष्ट्रपति रामचन्द्र पौडेलले उच्चारण गरेको ‘ईश्वरको’ भन्ने शब्द उच्चारण गरेका थिएनन्।  सोमबार ओलीलाई पद तथा गोपनीयताको शपथ  गराउँदा राष्ट्रपति पौडेलले ‘ईश्वर,देश र जनता’को नाममा शपथ गराएका थिए। तर ओलीले ‘ईश्वरको नाम उच्चारण  नगरी देश र जनताको शब्दमात्रै उच्चारण गरे।

सिंहदरबार प्रवेशअघि उनले लैनचौरस्थित शहीद स्मारकमा रहेका शहीदहरुको शालिकमा माल्यार्पण गरेका थिए। साथै पार्टी केन्द्रीय कार्यालय च्यासलमा पुगेर आफ्ना स्वर्गीय नेताहरूको तस्बिरमा माल्यार्पण गरेका थिए।

प्रधानमन्त्रीसहित सबै मन्त्रीहरूले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए।

प्रकाशित: ३१ असार २०८१ १७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 20 =