सुनको मूल्यमा कीर्तिमान

हिमाल प्रेस ३१ असार २०८१ ११:३२
10
SHARES
सुनको मूल्यमा कीर्तिमान

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। सोमबार सुन तोलाको २ सयले बढेर एक लाख ४६ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो सुनको अहिलेसम्मकै सर्वाधिक मूल्य हो। यसअघि आइतबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार ७ सय रहेको थियो।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार २ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित: ३१ असार २०८१ ११:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 7 =